१५ असार २०८३, सोमबार

किन विदेशीहरू हिन्दु धर्मप्रति आकर्षित हुँदैछन् ?

किन विदेशीहरू हिन्दु धर्मप्रति आकर्षित हुँदैछन् ?

काठमाडौं — संसारका धेरै मानिस हिन्दु धर्मप्रति आकर्षित हुने क्रम जारी छ । सनातन धर्म भनी चिनिने हिन्दु धर्मले आध्यात्मिक ज्ञानको खोजी गरिरहेकाहरूलाई खुला हृदयले स्वागत गर्छ ।

हिन्दु दर्शनले ब्रह्माण्ड, यसको रचना, यसको अस्तित्व तथा यसको विनाशका बारेमा ग्रन्थहरूमा प्रस्ट पारेको छ । यस प्रक्रियालाई सृष्टि, स्थिति र लय भनिन्छ ।

यो धर्ममा अमर आत्मा, यसको यात्रा र यसको गन्तव्यका बारेमा व्याख्या गरिएको छ । सर्वोच्च नियन्ताले विश्वब्रह्माण्ड तथा असंख्या जीवहरूलाई नियन्त्रण गर्दछन् । तिनै विश्वात्माको महातनाको गाथा वेद, उपनिषद् र पुराणहरूले गाउँछन् ।

धेरैजसो पश्चिमाहरूले हिन्दु धर्मका बारेमा योग, ध्यान र आयुर्वेद मार्फत परिचय पाउने गर्छन् । हिन्दु धर्मका गहन ज्ञानहरू अहिले संसारभरि फैलिरहेका छन् । संसारभरिका करोडौं योगाभ्यासीहरूले हिन्दु धर्मको पुरानो परम्परालाई विश्वसामु चिनाइरहेका छन् । योगले शरीर र मस्तिष्कमा पार्ने सकारात्मक प्रभावका कारण विश्वभरका मानिस हिन्दु संस्कृति र परम्पराका बारेमा थप कुरा जान्नका लागि उत्सुक छन् ।

हिन्दु धर्मको महान् विशेषता भनेको शाकाहार प्रवर्धन हो । पछि गएर केही पाखण्डीहरूले मांसाहारलाई पनि धर्मसँग जोड्ने, बलिप्रथालाई उचित ठह-याउने गरेको भएपनि विश्वबन्धुत्वको भावना फैलाउने धर्मले बन्धुलाई मारेर खाने कुरा गर्नै सक्दैन ।

यही शाकाहार अहिले संसारभरि अभियानको रूपमा फैलँदो छ । वातावरण संरक्षणका लागि पनि शाकाहारको महत्व मानिसले बुझ्दैछन् ।

हिन्दु धर्मका रहस्यहरू संस्कृत भाषामा लेखिएका छन् । आध्यात्मिक ज्ञानदेखि लिएर भौतिक विज्ञानसम्मका रहस्य बुझ्नका लागि संस्कृतको अध्ययन पश्चिमका विभिन्न विश्वविद्यालयमा हुने गरेका छन् ।

सनातन धर्मको गहिरो अध्ययन गरेका पश्चिमी विद्वान् डेभिड फ्रलीले प्राचीन समयदेखि अविच्छिनन चलिआएको हिन्दु धर्म पृथ्वीकै धर्म हो भनी घोषणा गरेका छन् ।

पोस्टकार्ड डट् न्युज

salt training

कमेन्ट गर्नुहोस्