
काठमाडौं- शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबारको खेल सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुने भएको छ ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । बराबरीसँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।