१० असार २०८३, बुधबार

ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक घाइते

मोरङ– मोरङको विराटनगर महानगरपालिका ४ मा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको हो । अन्य एकजना घाइते भएका छन् । 

राती सवा १० बजे ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार पथरी शनिश्चरे नगरपालीका ९ का २४ वर्षीय रोशन शेर्पाको मृत्यु भएको हो ।

घाइते विराटनगर महानगरपालिका ४ बस्ने १९ वर्षीय अनिश राजवंशीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक को हो भन्ने बारेमा खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्