
लण्डन– ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टरिजा मेले आइतबार बताएकी छिन् ।
बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तवार्तामा प्रधानमन्त्रीले ब्रेक्जिटलाई देखाएर अनावश्यक राजनीति गरेको आरोप लगाएकी हुन् ।
उनले एक कार्यक्रम ब्रेक्जिटलाई अघि बढाउने व्यवहारिक रणनीति मात्र भएको भन्दै आफूले प्रधानमन्त्रीका रूपमा अझै दीर्घकालीन काम गर्न लागेको सङ्केत गरिन् ।
बेलायत र इयूबीच ‘साझा कानून’मार्फत सामान आदानप्रदान गर्ने आफ्नो योजना सार्वजनिक गर्दै मेले भनिन्– सेवाका लागि भने छुट्टै आधार तय हुनेछ । उत्तरी आएरल्याण्ड तथा आइरिस गणतन्त्रबीचको कठोर सीमानीतिलाई सम्बोधन गर्ने विश्वसनीय आधार खोजिने पनि बताइन् ।
मेको उक्त रणनीतिलाई ब्रेक्जिट पक्षधरबाट नै कडा रूपमा आलोचित बनेको छ ।
पूर्व विदेशमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री मे ब्रेक्जिट धारणाबाट ‘विचलित’ भएको बताएका छन् ।