०५ असार २०८३, शुक्रबार

बालाजु क्षेत्रमा भाेलि ७ घण्टा लाेडसेडिङ

बालाजु क्षेत्रमा भाेलि ७ घण्टा लाेडसेडिङ

काठमाडौँ– सडक विस्तारमा सहयोग गर्ने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले सोमबार बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । 

प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार सोमबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म करीब सात घण्टा विद्युत् कटौती गर्न लागिएको छ । 

वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो । 

प्रमुख रेग्मीका अनुसार बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुँदा पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रेदेउरालीलगायत स्थानकोसमेत विद्युत् अवरुद्ध हुनेछ । 

यस्तै बालाजु–नागार्जुन फिडरको विद्युत् कटौती गरिँदा जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटारसम्मको सेवा प्रभावित हुने भएको छ । वनस्थली–बालाजु सडकखण्ड विस्तारको काम भइरहेकाले आलोपालो प्रणालीका आधारमा विद्युत् लाइन काटिएको प्रमुख रेग्मीको भनाइ छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्