०४ असार २०८३, बिहीबार

अफगानिस्तानमा ४६ आतङ्ककारी मारिए

कात्तिक २०, २०७४
अफगानिस्तानमा ४६ आतङ्ककारी मारिए
काबुल, १३ फागुन। अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी बिहीबार कम्तीमा ४६ जनाको मृत्यु भएको छ।

अफगानी सेना, प्रहरी र गुप्तचर निकाय सहागीता भएको संयुक्त कारबाहीको क्रममा गत २४ घन्टाको अवधिमा ४६ जना आतङ्ककारीको हुनुको साथै १५ घाइते भएका रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ।

अफगानिस्तानका कान्गार्हार, कुन्दुज, कपिसा, खोस्त, पाक्टिया, ताहार र हेल्माण्ड प्रान्तमा सुरक्षा फौजले संयुक्त सुरक्षा कारबाही चलाएको हो ।

सुरक्षा कारबाहीका क्रममा केही हातहतियार पनि भेटिएको र ती हातहतियार नष्ट गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

मारिएका मध्ये १७ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू भएका जनाइएको छ । सो कारबाहीमा मारिनेमा आइएसका एक जना वरिष्ठ कमाण्डर मावलावी नहिम पनि रहेको विज्ञप्तिमा उल्लेख छ ।

अफगानी सुरक्षा निकायले सुरक्षा कारबाहीलाई पछिल्लो समय थप शसक्त बनाउदै लगेको छ । तालिवानी र आइएस लडाकूहरुले सन् २०१५ को सुरु देखि अफगानिस्तानका विभिन्न ठाउँमा हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्