काठमाडौं – बजारमा वस्तु तथा सेवा उपभोगमा दिनहुँ उपभोक्ताहरू ठगीमा पर्ने गर्छन् । मूल्य मंहगो वा सस्तो भन्नेबारे सामान्य चासो राख्ने उपभोक्ता पनि वस्तुको गुणस्तरबारे भने अनविज्ञ जस्तै छन् ।
बजारमा खाद्य वस्तुको गुणस्तरबारे निरन्तर अनुगमन भइरहेपनि उपभोक्तासम्म सचेतना भने प्रभावकारी रूपमा फैलाइएको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने बजारमा हल्ला फैलाइएजति खाद्यवस्तुमा खराबी नभएको दाबी गरेको छ ।
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बजारमा ७ देखि १० प्रतिशत खाद्यवस्तु मात्र गुणस्तरीय नभएको दाबी गरे ।
लोकान्तर स्टूडियोमा कुराकानीका क्रममा उनले अनुगमनमा गुणस्तरहीन खाद्य वस्तु भेटिए पनि कारवाहीका लागि प्रभावकारी कानूनी व्यवस्था भने नभएको बताए ।
हेर्नुहोस्, भिडियो कुराकानी :