
काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कथा काठमाडौं’को आइतबार साँझ राजधानीमा विशेष शो गरिएको छ ।
कुमारी हलमा आयोजना गरिएको विशेष शोमा चलचित्रकर्मी तथा पत्रकारहरुको सहभागिता थियो ।
चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी लगायत हल पुगेका थिए । चलचित्रका अर्का कलाकार आयुष्मान देशराज जोशी भने विशेष शोमा देखिएनन् । त्यस्तै प्रियंकाको निमन्त्रणामा हलमा पुगेका नायिका पूजा शर्मा, वर्षा राउतले पनि चलचित्र हेरे ।
अन्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), खगेन्द्र लामिछाने, निर्मल शर्मा, निर्देशक आकाश अधिकारी, दीपेन्द्र के. खनाल लगायत विशेष शोमा उपस्थित थिए ।
काठमाडौं भित्र हुने ३ फरक–फरक कथा बोल्ने चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन । चलचित्रले देशभर औषत व्यापार गरिरहेको छ ।