२५ जेठ २०८३, सोमबार

सिप्रदी र महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा राजधानीमा “सुरक्षित सडक“ अभियान शुरु

सिप्रदी र महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा राजधानीमा “सुरक्षित सडक“ अभियान शुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा सडक सुरक्षा तथा सवारी सम्बन्धि बृहत ज्ञान प्रदान गरी सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ यहि असोज ११ गतेका दिन देखि राजधानीमा सुरक्षित सडक अभियान सुरु गरेको छ । अभियानको पहिलो चरणको कार्यक्रम चापागाउँ  लेलेबाट शुरु गरिएको थियोे ।

उक्त कार्यक्रममा चापागाउँ-लेलेका १०५ जना टिपर चालकहरुलाई ललितपुर ट्राफिक प्रहरी महाशाखा प्रमुख इन्स्पेक्टर सिताराम हाछेथु, सिप्रदीका इन्जिनियर, तालिम प्रबन्धक र महानगरीय ट्राफिक कार्यालयका प्रतिनिधिद्वारा संग्रहित व्यवहारिक विषय वस्तुमा आधारित सडक सुरक्षा तालिम दिई जानकारी गराईएको थियो ।

कार्यक्रममा उपस्थित ट्रक - टिप्पर चालक, व्यवसायी, यातायात कर्मचारीसम्पूर्ण ग्राहकलाई धन्यबाद दिँदै, सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले आफु नाडाको तर्फबाट सडक सुरक्षा र वातावरणको प्रतिनिधित्व गर्दै आउने दुई वर्षको योजनामा काम भैरहेको जानकारी गराउनुभयो । साथै नाडा पनि यो विषयमा गम्भीर भैरहेको जानकारी गराए ।

“सडक सुरक्षा केवल ट्राफिक र सरकारको मात्र नभई सबैले जान्ने, बुझ्ने र अपनाउनु पर्ने कुरा हो र यस सडक सुरक्षा संग सम्बन्धित विभिन्न योजना र कार्यक्रम नेपाल सरकार, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा अटोमोबिल्स एशोशियसन अफ नेपाल(नाडा)संग सहकार्य आउने दिनहरुमा गर्दैछौं“ सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले भन्नुभयो।

कम्पनीले यस अभियानका आगामी चरणका कार्यक्रम राजधानी लगायत देशभरि विभिन्न स्थानमा गर्दै आइरहेको जानकारी दिनुभयो ।

सिप्रदीका बारेमा

अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको सिप्रदी टे«डिङ प्रा.लि.नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो ।

७५० जना कर्मचारीलगायत ६५० जना सहयोगी कर्मचारी कार्यरत यस कम्पनी बिगत ३६ वर्ष देखि निरन्तररुपमाउत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्धेश्यका साथ काम गरिरहेका छन् जसले गर्दा सिप्रदी अहिले नेपालको अटोमोबाइल बजारमा विश्वसनीय एवं अग्रणी स्थानमा छ । सिप्रदी टे«डिङ प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ ।

देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित १९ विक्री कार्यालय र २५ सेवा केन्द्रहरु रहेका छन् । ISO 9001:2015 प्राप्त कम्पनी सिप्रदीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरकाधेरै मान्यता र पुरस्कार हासिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्