माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्षनिर्माण गरी एक कार्यक्रमका बीच आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्षएवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीश्री रविन्द्र अधिकारीले गर्नुभयो । पशुपतिक्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको माननीय मन्त्रीले उच्च प्रशंसा गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष श्री रोशन केसीले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्नपाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताउनुभयो ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घरनिर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरुसुरक्षित रुपमा राख्न सक्नेछन् ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्मआफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा११७ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।
साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।