०१ असार २०८३, सोमबार

डाक्टरले  सेतो कोट लगाउनुकाे अर्थ

डाक्टरले  सेतो कोट लगाउनुकाे अर्थ

काठमाडौं- तपाईं अस्पताल पुग्दा त्यहाँ चिकित्सले सेतो रंगको काेट पहिरिएकाे याद गर्नुभएको होला । 

किन चिकित्सकले सेतो रंगको कोट लगाउँछन् त ? 

सेतो कोट लामो समयदेखि नै चिकित्सकहरूको वस्त्र रहिआएको छ । खासमा चिकित्सामा साफसफाइ अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले डाक्टरको सेतो कोट सफाइको निशानी हो । सेतो कोटमा सानो फोहोर पनि प्रस्टै देखिन्छ र
यसले अब कोट फेर्ने बेला भएको संकेत दिन्छ । 

यसबाहेक सेतो रंग स्वच्छताको प्रतीक पनि मानिन्छ । अनि यसले इमान्दारी, पवित्रता र भगवानसँगको सम्बन्धलाई पनि झल्काउँछ । चिकित्सा पेशमा इमान्दारी र स्वच्छताको महत्त्व हुन्छ र सेतो कोटले चिकित्सकहरूलाई सधैं इमान्दारी र स्वच्छतामा विचार पु–याउनुपर्छ भनी सम्झाउँछ । 

सेतो रंगको सम्बन्ध भगवानसँग पनि छ किनकि भगवानको प्रियपात्र हुन स्वच्छ र सफा हुनुपर्छ । अनि चिकित्सकलाई पृथ्वीमा भगवानको दर्जा दिइन्छ किनकि उनीहरूले हामीलाई स्वस्थ र लामो जीवन बिताउन मद्दत गर्छन् र मर्न आँटेको मानिसलाई पनि बचाइदिन्छन् । 

-एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्