
बारा–मिठाई पसलमा गरिएको चेकजाँचका क्रममा प्रहरीले घरेलु मदिरा फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय जितपुरले गएराती जितपुर सिमरा–८ स्थित रोशन मिठाई भण्डारबाट करीब १५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो ।
प्रहरीले मिठाई भण्डारका सञ्चालक दीपक साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरा पठाएको जनाएको छ ।