
काठमाडाैं- इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा. डा. तुलसीराम वैद्य निर्वाचित भएका छन् ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम राख्ने आचार्यको विषयमा अध्ययन अनुसन्धान गर्ने लगायतका उद्देश्य राखेर स्थापना गरिएको उक्त प्रतिष्ठानले गरेको प्रथम वार्षिक साधारण सभाबाट लुम्बिनी बौद्ध विश्वबिद्यालयका पूर्व उपकुलपति समेत रहेका डा.बै वैद्य पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुने अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्षमा नेपालका लागि चीनका पूर्व राजदूत राजेश्वर आचार्य, महासचिवमा बाबुराम आचार्य, कोषाध्यक्षमा कञ्चन शर्मा आचार्य र सदस्यहरुमा प्रा. डा. सुरेन्द्र केसी, उद्योगपति एवम् पूर्व सांसद कृष्ण प्रसाद आचार्य तथा प्रा.डा. मीना ओझा रहेका छन् ।
३ वर्षे कार्यकालका लागि फेरि अध्यक्षमा निर्वाचित भएपछि प्रा.डा. केसीले इतिहास शिरोमणि बाबुराम आचार्यले मुलुकमा पुर्याएको योगथदानको कदर गर्न मुखले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने बताए ।