१६ असार २०८३, मंगलबार

जहाँ चिनियाँ सरकारबाट थुनिएका छन् १० लाख मुसलमान

असोज १५, २०७५
जहाँ चिनियाँ सरकारबाट थुनिएका छन् १० लाख मुसलमान

चीनकाे पश्चिमी प्रान्त शिनजियाङमा अल्पसंख्यक मुसलमान प्रति भएकाे व्यवहारका कारण चीन सरकारको आलोचना भइरहेको छ । आलोचकका अनुसार चीन सरकाले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाई विशेष क्याम्पमा राखिएको छ । 

अगस्टमा संयुक्त राष्ट्र संघीय कमिटीले बताए अनुसार शिनजियाङमा करिब दश लाख मुसलमानलाई एक प्रकारको हिरासतमा राखिएको छ जहाँ उनीहरुलाई दोस्रो पटक शिक्षा दिइरहिएको छ । 


करिब १० लाख मानिसलाई हिरासतमा राखिएको रिपोर्ट ह्युमन राइट वाचले पनि जनाएको छ । मानवअधिकार संगठनहरुका अनुसार एक प्रकारको हिरासतमा राखिएको मानिसलाई चिनियाँ भाषा सिकाइरहिएको छ र उनीहरुलाई चिनियाँ राष्ट्रपति शी जिनपिङप्रति वफादार हुने शपथ खुवाइएको छ । साथै मानिसहरुलाई उनीहरुको धर्म संस्कृतिको आलोचना गर्न लगाइएको छ । 

चीनले यो समाचारको खण्डन गरेको छ तर यस बीचमा शिनजियाङमा मानिसहरुमाथि निगरानीको कयौं प्रमाणहरु सार्वजनिक भएका छन् । 

को हुन् वीगर ?

चीनको पश्चिमी प्रान्त शिनजियाङमा बस्ने एक करोड भन्दा धेरै वीगर समुदायका धेरैजसो मानिस मुसलमान छन् । उनीहरु सांस्कृतिक रुपमा मध्य एशियाली देशको नजिक मानिन्छन् । उनीहरुको भाषा पनि तुर्कीसँग मिल्दो जुल्दो छ । 

तर हालका वर्षमा ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीय समूह हान चिनियाँलाई शिनजियाङमा बस्नु एक संवेदनशील मुद्दा बनेको छ । वीगर मानिसलाई लाग्छ कि उब उनीहरुको रोजी रोटी र संस्कृति खतरामा परेको छ । 

शिनजियाङ चीनको पश्चिममा देशको सबैभन्दा ठूलो प्रान्त हो । यसको सीमा भारत अफगानिस्तान तथा मंगोलिया जस्तो देशसँग जोडिएको छ । यसलाई तिव्वतजस्तै स्वायत्त क्षेत्र भनिएपनि यहाँको सरकारको चावी बेजिङसँग छ । 

salt training

कमेन्ट गर्नुहोस्