१२ साउन २०८३, मंगलबार

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

असोज १५, २०७५
आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

काठमाडौँ-आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ । 

आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए। 

बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति तय गर्नुका साथै संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय खेलकूद विकास ऐन २०४८ बारे छलफल हुने सदस्य सचिव विष्टले जानकारी दिए ।

परिषद्का अध्यक्ष तथा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा बोर्ड बैठक ककनीस्थित स्काउट हलमा जारी रहेको राखेप स्रोतले जनाएको छ । बैठक मङ्गलबारसम्म चल्नेछ । बैठक स्रोतका अनुसार आठौँ राष्ट्रिय खेलकूदको मिति करीब दुई महिना पर सार्ने विषयमा छलफल केन्द्रित छ । 


 

salt training

कमेन्ट गर्नुहोस्