
काठमाडौं — भारतको हरियाणास्थित फरीदाबादमा एक व्यक्ति पेट दुख्यो भन्दै डाक्टरकहाँ गए । डाक्टरले एक्सरे गर्दा उक्त व्यक्तिको आन्द्रामा स्टीलको ग्लास अड्केको देखियो ।
जानकारी अनुसार, फरीदाबादको बीके अस्पतालमा ३० वर्षीय उक्त व्यक्तिको आन्द्रामा ग्लास देखिएको हो ।
बिरामीको हालत देखेर डाक्टरहरूले दिल्लीको एम्स अस्पतालमा रिफर गरिदिए । करीब सात दिनपहिले रोगीको पेटमा मलद्वारबाट गिलास पसेछ र त्यो ठूलो आन्द्रामा पुगेको रहेछ ।
गिलास पसेपछि उक्त व्यक्तिलाई पेटमा पीडा भयो र अन्य समस्या पनि आयो । डाक्टरहरूले गिलासलाई मलद्वारबाट बाहिर निकाल्ने कोशिश गरे तर उल्टो मलद्वारमा घाउ भयो ।
डाक्टरहरूले अपरेसन गर्नुपर्छ भने पनि उसका परिवारका मानिसले मानेनन् । पछि डाक्टरहरूले उसलाई एम्स अस्पताल पठाए ।
आजतकबाट