काठमाडौं। ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज गरिएको छ ।
मंसिर ७ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्रको मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरिएको हो । यसअघि असोज १९ गतेबाट प्रदर्शन मिति तय भएको चलचित्र रिलिज सरेर मंसिर ७ मा पुगेको हो ।
सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ तथा डेब्यू अभिनेत्री आश्मा गिरीको प्रेम अनि बिछोडलाई प्राथमिकता दिइएको छ । साथमा द्धन्द्धलाई पनि ट्रेलरमा प्राथमिकता दिईएको छ । आश्माका लागि नायक आकाश र कलाकार विल्सन विक्रम राइको लडाईलाई ट्रेलरमा देख्न सकिन्छ । त्यस्तै शिशिर भण्डारी भने भिलेनको रुपमा प्रस्तुत भएका छन् । नेपालसहित थाइल्याण्डमा छायाँकन गरिएको चलचित्रको लोकेशन उत्कृष्ट लाग्छ ।

आर बी मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रमा सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायत कलाकारहरुको पनि अभिनय छ । चलचित्रको निर्मातामा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धिताल रहेका छन् ।
गम्भिर बिष्टको कोरियोग्राफी रहेको चलचित्रमा चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, सम्राट बस्नेतको द्धन्द्ध रहेको चलचित्रलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।
चलचित्रमा समावेश २ वटा गीत यसअघि नै सार्वजनिक भईसकेका छन् ।