११ असार २०८३, बिहीबार

संसारको सबभन्दा ठूलो बुद्धप्रतिमा चर्कियो

संसारको सबभन्दा ठूलो बुद्धप्रतिमा चर्कियो

काठमाडौं — चीनमा रहेको संसारको सबभन्दा ठूलो बुद्धप्रतिमा अहिले चर्चामा छ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा रहेको यो प्राचीन प्रतिमा चर्किएपछि मर्मत गरिने भएको छ । 

मर्मतपहिले यसको अनुसन्धान हुनेछ र त्यसका लागि चार महिना लाग्नेछ । 

लेशान बुद्ध क्षेत्र व्यवस्थापन समितिका अनुसार, शहरको बाहिरी भागमा रहृको ७१ मिटर अग्लो प्रतिमाका केही भाग चर्किएका छन् भने कतै त फुटेका पनि छन् । 

चीनको समाचार संस्था सिन्ह्वाका अनुसार, अर्को हप्ताबाट शुरू हुने अनुसन्धान प्रक्रियाका बेलामा प्रतिमाको प्रमुख भाग आंशिक रूपमा वा पूरै ढाकिनेछ । विशेषज्ञहरूको निगरानीमा अनुसन्धान हुनेछ । 

बुद्धको यो ऐतिहासिक प्रतिमा निर्माणमा ९० वर्षभन्दा बढी समय लागेको थियो । बनाउने शुरूआत ताङ राजवंशको शासनका बेलामा सन् ७१३ मा भएको थियो । युनेस्कोले विश्व सांस्कृतिक सम्पदा सूचीमा राखेको यो प्रतिमालाई
धेरैचोटि मर्मत गरिएको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्