११ असार २०८३, बिहीबार

शव कुल्चँदै हिमाल आरोहण

कात्तिक २०, २०७४
शव कुल्चँदै हिमाल आरोहण
काठमाडौं,१४ फागुन – धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए। तर एकाएक झस्किए। आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो। ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो। परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने।himal-ma-las-photo
आजको अन्नपूर्ण पोस्टमा खबर छ - उनले पछिल्लो वर्ष मे १८ मा ८ हजार १ सय ६७ मिटर आग्लो धौलागिरि चुचुरो चुमेका थिए । ‘विदेशी नागरिकको यो शव करिब २० वर्ष पुरानो होला। ‘ती पर्वतारोही पनि मजस्तै उत्साहित भएका थिए होलान् चुचुरो चुम्दा’, पायोनियर एडभेन्चर ट्रेक प्रालि आरोही दलका प्रमुख लाक्पा शेर्पाले भावुक हुँदै सम्झे, ‘लमतन्न परेर ढलेको अन्दाजी ४५/५० वर्षका लाग्ने विदेशीको मृत शरीर देखेपछि मन खङ्ग्रङ्ग भयो।’
समस्या हिमालमा ढलेको विदेशी आरोहीको एउटा शवको मात्र हैन, अहिले आरोहण अनुमति दिइएका अधिकांश आठ हजार मिटरभन्दा अग्ला हिमालमा यस्तै बेवारिस शव बग्रेल्ती छन्। लाक्पा भन्छन्, ‘हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा ठाउँठाउँमा शव कुल्चनुपर्ने अवस्था छ।’
विदेशी र नेपाली आरोहीका शव हिमालमा त्यत्तिकै छन्। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्तै शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्कँदै मन खिन्न पार्छन्।

salt training

कमेन्ट गर्नुहोस्