०५ असार २०८३, शुक्रबार

अब सवारी चालक अनुमतिको काम सल्लाघारीबाट पनि

कात्तिक २०, २०७४
अब सवारी चालक अनुमतिको काम सल्लाघारीबाट पनि
काठमाडौँ, २९ मङ्सिर - यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीमा पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्ने भएको छ ।
कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३ गते उद्घाटन गरेर काम सुरु गर्न लागिएको हो । उपत्यकामा ललितपुरको एकान्तकुनाबाट मात्र सवारी चालक अनुमतिपत्रसम्बन्धी काम हुँदा सेवाग्राहीको काम ढिला भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई तीन स्थानमा कार्यालय खोल्न निर्देशन दिएका थिए ।
विभागले खोजेजस्तो घर नपाएकाले चाबहिल र कलङ्कीमा भने केही समयपछि मात्र कार्यालय सुरु गरिने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । सार्वजनिक खरिद ऐनको प्रावधान एवम् सरकारी प्रक्रिया पु¥याउनुपर्ने भएकाले कार्यालय सुरु गर्न समय लागेको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्