१७ असार २०८३, बुधबार

प्रहरीलाई छल्न ४ तलामाथिबाट हामफाल्ने २ जुवाडेको मृत्यु

प्रहरीलाई छल्न ४ तलामाथिबाट हामफाल्ने २ जुवाडेको मृत्यु

काठमाडौं– प्रहरीलाई छल्न ४ तलामाथिबाट हामफाल्दा २ जुवाडेको उपचारको क्रममा मृत्यु भएको छ । 

राजधानीको मुलपानी स्थित एक  घरमा जुवा खेलिरहेका उनीहरु प्रहरी पुगेपछि भाग्ने क्रममा शुक्रबार राती ४ तलामाथिबाट हामफालेका थिए । सरोज घले र सानु लाल तामाङको ललितपुरको बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।  
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जुवाको अखाडाबाट एक महिला सहित २३ जनालाई  पक्राउ पनि गरिएको जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ४ लाख ५८ हजार नगदपनि बरामद गरेको बताइएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्