०७ असार २०८३, आइतबार

फेसबुकमा महिलाको आपत्तिजनक फोटो सार्वजनिक गर्ने पक्राउ

फेसबुकमा महिलाको आपत्तिजनक फोटो सार्वजनिक गर्ने पक्राउ

धनुषा–फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरी दिएपछि २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । 
जनकपुरधाम उपमहानगरपालिका–१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कामतले फेसबुकको फेक आइडी बनाएर त्यसमार्फत केही समय अघिदेखि महिला साथीसँग कुरा गर्दै आएका थिए । च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धका लागि दबाव दिन थाले । महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरिदिएको बुझिएको छ । 

पीडित महिलाले कामत विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए । 
कामत विरुद्ध साइबर क्राइमअन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्