
बलिउड अभिनेत्री आयशा टाकिया शुक्रबार ट्वीटर ट्रेण्ड बनिन् । आयशा टाकियालाई ट्रेण्डमा राख्नुका कारण उनको ओठ हो । तस्वीरमा उनको ओठ मोटो देखिएको छ ।
केही समाजिक सञ्जालका प्रयोगकर्ताका अनुसार टाकियाले प्लाष्कि सर्जरी गराएकी छिन् । आयशाले जुन फोटोहरु सामाजिक सञ्जालमा हालेकी छिन् उक्त फोटोहरु केही दिन अघिको एक कार्यक्रमको हो ।