
सामाजिक सञ्जाल ट्वीटरको लोकप्रियता घट्दै गएको छ । सन् २००६ मा सुरु गरिएको ट्वीटरको लोकप्रियता घटेसँगै यसका नयाँ प्रयोगकर्ताहरुको संख्यामा समेत कमि आएको छ ।
सन् २०१४ देखि २०१६ कोे आँकडाले का अनुसार ट्वीटर प्रयोग कर्तामा कमी आएको हो । यस अवधिमा ट्विटरमा केवल तीन करोड १० लाख नयाँ प्रयोगकर्ता जोडिएका छन् ।
यस अवधिमा सबैभन्दा बढि नयाँ प्रयोगकर्ता ह्वाट्सएपसँग जोडिएका छन् । यसमा जोडिनेको संख्या ५० करोड रहेको छ । दोस्रो स्थानमा क्रमशः म्यासेन्जर (५० करोड) र फेसबुक (४६.७ करोड) रहेका छन् । सुचीमा सबैभन्दा तल छैठौं स्थानमा ट्विटर रहेको छ । यो आँकडा यी कम्पनीहरुद्वारा जारी रिपोर्टको विश्लेषणबाट प्राप्त भएको हो ।
यसबीचमा ट्विटरले एउटा नयाँ फिचर पनि लन्च गरेको थियो । यसमा ट्विटरले ती व्यक्तिहरुलाई खोज्नेछ, जसलाई स्थाइयीरुपमा निलम्बन गरिसकिएको हुन्छ र उनीहरुलाई नयाँ एकाउन्ट बनाउन रोकिनेछ ।
ट्विटरले यो कदम खासरी ती एकाउन्टहरुलाई लक्ष्यित गरेर चालेको हो, जो अन्य प्रयोगकर्ताहरुलाई दिक्क लगाउनका लागि मात्र खोलिएका हुन्छन् ।
ट्विटरको नयाँ सेफ सर्च फिचरले संवेदनशील विषयवस्तुहरुलाई हटाइदिन्छ । यसले ब्लक वा म्यूट गरिएका अकाउन्टहरुका ट्विटलाई पनि सर्च रिजल्टबाट हटाइदिन्छ । यसको मतलव ती ट्विटहरु सोसल नेटवर्किङ साइटहरुमा त उपलब्ध हुन्छन्, तर सर्च रिजल्टमा देखिदैनन् ।