
भारत हरियणाको पञ्चकुला जेलमा बन्द रहेका 'बाबा' गुरमित राम रहीमले राहत पाएका छन् ।
सीबीआईको विशेष अदालतले राम रहीमको जमानत मञ्जुर गरेको छ । यो जमानत उनले डेरा सच्चा सौदामा ४०० साधुलाई नपुंसक बनाएको आरोपमा प्राप्त भएको हो ।
डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीम सिंह दुई साध्वीलाई बलात्कार गरेको आरोपमा जेल परेका हुन् । उनलाई २० वर्षको सजाय भएको थियो । गुरमित राम रहीमको जमानतलाई लिएर पञ्चकुला स्थित हरियाणाको विशेष सीबीआई कोर्टका न्यायाधीश जगदीप सिंहले सुनुवाई गरेका थिए ।
गुरमीत राम रहीमको अस्प्तालमा ४०० भन्दा धेरै साधुलाई नपुंसक बनाइएको थियो । अदालतले दुवै पक्षको कुरा सुनेपछि राम रहीमलाई जमानत दिएको हो ।
तर यो जमानत मिलेपनि बाबा राम रहीम जेलमा नै बस्नेछन् ।
राम राहीमका पूर्व चालकले राम रहीमको आश्रममा महिलालाई मात्र होइन साधुहरुलाई पनि नपुंसक बनाइन्छ