
काठमाडौं — हाइटीको उत्तरी तटमा शनिवार राति गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने सयजनाभन्दा बढी घाइते भएका छन् ।
भूकम्पका कारण अनेकौं भवन भत्किएका छन् ।
भूकम्पको तीव्रता ५.९ म्याग्निच्युड मापन गरिएको छ ।
हाइटीको सबभन्दा उत्तरी भागमा भूकम्प गएपछि भवनहरू ढलेका थिए । एउटा प्रेक्षालय र अस्पताल पनि ढलेको अधिकारीहरू तथा मिडियाले जनाएका छन् ।
भूकम्प पोर्ट–दे–पाईभन्दा उत्तरपश्चिम २० किलोमिटर तलबाट आएको यूएस जियोलोजिकल सर्भेले जनाएको छ ।
द गार्डियनबाट