०५ साउन २०८३, मंगलबार

नेपालद्वारा थाइल्याण्डसामु १७३ रनको चुनौती पेश, करण केसीको आक्रामक ब्याटिङ

नेपालद्वारा थाइल्याण्डसामु १७३ रनको चुनौती पेश, करण केसीको आक्रामक ब्याटिङ
फाइल फोटो

कठमाडौं –आईसीसी विश्वकप टी–ट्वान्टी उपक्षेत्रीय छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डसामु १७३ रनको चुनौती पेश गरेको छ ।

मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोड्यो ।

आक्रामक शुरूवात गरेर बीचमा लरखराएको नेपाली पारीलाई करण केसीले आक्रामक ढंगले अन्त्य गर्दै सम्मानजनक स्कोरसम्म पुर्‍याएका हुन् ।

१४ बल खेलेका केसीले ४ छक्का र २ चौकाको मद्दतमा ४० रन जोडे ।

उनका अलावा सरद भेसवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ तथा विनोद भण्डारीले १५ रन जोडे । 

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

salt training

कमेन्ट गर्नुहोस्