
काठमाडौं – सरकारले पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ ।
मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले पत्रकारहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५ सयबाट बढाएर २४ हजार ३ सय ७५ पुर्याएको हो ।
साथै बैठकले उखु किसानहरूको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।