काठमाडौं। चलचित्र ‘पुरानो बुलेट’को टिजर सार्वजनिक गरिएको छ । भिषण राई निर्देशित चलचित्रको टिजरमा बुलेट बाइकलाई नै प्राथमिकता दिइएको छ । जहाँ नायक अनुपविक्रम शाहीले वाइक स्टण्ट गरेको अडकल लगाउन सकिन्छ । तर उनको पनि अनुहार लुकाइएको छ ।
चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बु, कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी लगायतका कलाकारहरुको अभिनय छ । अशोक कुमार राई, टिकाराम राई र दीपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् । चलचित्रको कथा भिषण राई र सन्तोष राईले लेखेका हुन ।
हरी घलेको सिनेम्याटोग्राफी रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन छ । चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन् ।