
स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा राजधानीको आरआर क्याम्पसमा आगजनी भएको छ ।
राजधानीको भृकुटिमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्याथीले आगजनी गरेका हुन् ।
उनीहरुले स्ववियुको् कार्यालयका साथै निर्वाचन कार्यालायमा अागजनी गरेकाे अनेरास्ववियुका अारअारका नेता प्रदीप घिमिरेले जानकारी दिए । क्याम्पसमा अागजनी गर्नेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
यस अघि दिउसाे एमाले निकटकाे विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल विद्यार्थी संगठनबीच झडप भएको थियाे । झडपमा नेविसंघका पाँच विद्यार्थी घाइते भएका थिए । पछिल्लो झडपमा झण्डै आधा दर्जन नेविसंघका विद्यार्थी घाईते भएको जनाइएको छ ।
अाज उमेदवारी दर्ताकाे कार्यक्रम भए पनि नेविसंघ र माअाेवादी निकटकाे क्रान्तिकारीले तलाबन्दी गरेपछि अारअारकाे अवस्था तनावग्रस्त भएकाे हाे ।