०७ असार २०८३, आइतबार

दुई छात्रालाई ‘वलात्कार’ आरोपमा शिक्षक पक्राउ

दुई छात्रालाई ‘वलात्कार’ आरोपमा शिक्षक पक्राउ

काभ्रे–काभ्रेको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए । 

शिक्षक पहरीले आफ्नै विद्यालयको कक्षा ५ मा अध्ययनरत नौ वर्षका दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र करणी गरेको जाहेरीमा खुलाइको छ । 

जाहेरीमा शिक्षक पहरीले केही महीनादेखि ती दुवै छात्रालाई खाजा खाने समय तथा कक्षाकोठामा अरु विद्यार्थीलाई गृहकार्य गर्न लगाई अन्तिम बेञ्चमा आफूबीचमा बसेर उनीहरुलाई दुव्र्यवहार गर्ने गरेका थिए । 

यस्तै शिक्षक पहरीले स्कुलबाट छुटेर घर जाने समयमा दुईमध्ये एक छात्रालाई एकअर्काले थाहा नपाउने गरी स्कुल तथा बाटोमा एकान्त बनाई ललाइफकाइ बलात्कार गर्ने गरेको उल्लेख गरिएको छ । 

पहरीले गत मङ्गलबार अन्य शिक्षक र विद्यार्थी घर गएपछि एक बालिकालाई स्कुलमै राखेर जबर्जस्ती करणी गरेको र घर पुगेपछि ती बालिकाले आफ्नो आमालाई बताएपछि घटना बाहिर आएको थियो । 

मङ्गलबारको घटनापछि बुधबार अर्की एक बालिकाले पनि ‘मलाई पनि शङ्कर सरले त्यस्तै गर्नुहुन्छ’ भनेपछि दुवै बालिकाको तर्फबाट बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको हो । पीडित बालिकालाई हाल सुरक्षित स्थानमा राखी स्वास्थ्य परीक्षण भइरहेको काभे्रपलाञ्चोक प्रहरीले जनाएको छ । रासस
 

कमेन्ट गर्नुहोस्