१२ असार २०८३, शुक्रबार

‘छक्का पञ्जा ३’को आक्रामक प्रचार, सडकदेखि टेलिभिजन शोसम्मका सबै अस्त्र प्रयोग

असोज २२, २०७५
‘छक्का पञ्जा ३’को आक्रामक प्रचार, सडकदेखि टेलिभिजन शोसम्मका सबै अस्त्र प्रयोग

काठमाडौं –आउँदो बुधवार घटस्थापनादेखि प्रदर्शनमा आउने चलचित्र ‘छक्का पञ्जा ३ʼले प्रचारप्रसारलाई तीव्र बनाएको छ । प्रचारप्रसारमा नयाँ शैली अपनाउँदै चलचित्र युनिट टेलिभिजन शोदेखि सडकसम्म पुगेको छ । 

‘छक्का पञ्जा ३’का कलाकार टेलिभिजन शो ‘नेपाल आइडल २’ र ‘भद्रगोल’मा सहभागी भए । यस्तै राजधानीका विभिन्न स्थानमा चलचित्रले कन्सर्ट आयोजना गर्‍यो। 

लगनखेल बसपार्क, कोटेश्वर, बालाजु, चाबहिल, सुन्धारा लगायतका स्थानमा आयोजित कन्सर्टमा निर्देशक दिपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, गायिका एञ्जिला रेग्मी लगायत सहभागी भए ।

उनीहरूले कमेडी र गीतमार्फत् दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कन्सर्टमा दर्शकले दिएको प्रतिक्रियाले आफूहरू हौसिएको निर्देशक दीपाश्री निरौलाले बताइन् । बनेपा महोत्सव पुगेर समेत कलाकारहरूले चलचित्रको प्रचारप्रसार गरे ।

चलचित्रले प्रचारप्रसारको अनेक अस्त्र अपनाएको छ, जसका कारण पनि दर्शकमाझ चलचित्र प्रतिक्षित बन्न पुगेको छ ।

ʻछक्का पञ्जाʼ र ʻछक्का पञ्जा २ʼ सुपरहिट भएका कारण पनि दर्शकले ʻछक्का पञ्जा ३ʼ लाई प्रतिक्षा गरेका छन् ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले युट्युबमा एक करोड बढी भ्यूज पाएको छ । यससंगै ʻपछि उमेर ढल्किन्छʼ बोलको गीतलाई पनि दर्शकले रुचाएका छन् ।

हास्य टेलिश्रृंखला भद्रगोलमा दीपकराज गिरी र दीपाश्री निरौला

salt training

कमेन्ट गर्नुहोस्