
काठमाडौं — कहिलेकाहीँ हाँसोठट्टा अलि बढी नै हुन पुग्छ । त्यस्तै मजाकको क्रममा एक व्यक्तिले आफ्नी प्रेमिकालाई बेच्ने भनी विज्ञापन गरे ।
डेल लीक्स नामक व्यक्तिले मजाक गर्दै इबेमा आफ्नी ३७ वर्षीया प्रेमिका केली ग्रीव्सको फोटो अन्लाइनमा राखे र भद्दा कमेन्ट गर्दै ‘यी मेरी युज्ड गर्लफ्रेन्ड हुन्’ लेखे ।
अझ त्यतिले नपुगेर अर्को व्यक्तिले उनको विज्ञापनमा ७० हजार पाउन्डको बोली लगाइदिए । प्रेमिका केलीले लीक्सलाई बजार जाँदा कोखामा बेस्सरी हानेपछि लीक्सले यस्तो हर्कत गरेका रहेछन् । त्यसैको बदला लिनका लागि उनले
प्रेमिका बेच्ने विज्ञापन हाले र उनको तुलना गाडीसँग गरे । यो विज्ञापन एक वर्षसम्म अन्लाइनमा देखिने बनाएका थिए ।
विज्ञापनको मजाकलाई मानिसले गम्भीरतापूर्वक लिए र पैसा तिर्ने मनसुबा देखाए । जम्मा २४ घन्टामा ८१ हजार कमेन्ट आए र संसारभरिबाट सन्देश आए ।
त्यसपछि मजाक नियन्त्रणबाहिर गएको थाहा पाएपछि इबेले नै विज्ञापनलाई साइटबाट हटायो ।
एजेन्सी