२२ जेठ २०८३, शुक्रबार

एक ट्रक सिक्का बोकेर बीएमडब्ल्यू कार किन्न पुगे यी व्यक्ति (भिडियो)

एक ट्रक सिक्का बोकेर बीएमडब्ल्यू कार किन्न पुगे यी व्यक्ति (भिडियो)

काठमाडौं — विलासी कार चढ्ने सपना त धेरैले देख्छन् र यो सपना पूरा गर्नका लागि उनीहरू सबै हद पार गर्न पनि सक्छन् । 

चीनमा बस्ने एक व्यक्तिले बीएमडब्ल्यू कारको नयाँ मोडल देखेर किन्ने मन गरे । तर कार किन्न उनी शोरूममा ट्रक लिएर पुगे । 

खासमा ती व्यक्ति ट्रकमा सिक्का भरेर शोरूम पुगेका थिए । आफ्ना साथीहरूको सहयोगमा उनले सिक्का गन्दा एक लाख ५० हजार युआन भयो ।

पहिला त शोरूमका व्यवस्थापकलाई चीनको टोङरेन शहरमा बस्ने व्यक्तिको कुरामा विश्वास लागेन । तर ट्रकभरि सिक्का देखेपछि व्यवस्थापकले बैंकमा फोन गरेर ११ कर्मचारी बोलाए । दश घन्टाको मेहनतपछि ९०० किलो सिक्का गनिसकियो । 

सिक्का गनिसकिएपछि शोरूममा ताली बज्यो र व्यवस्थापकले गाडीको साँचो ती व्यक्तिलाई दिए । 

कार किन्ने व्यक्ति एक बसचालक हुन् । उनले कार किन्ने सपना पहिलेदेखि नै देखेको र सिक्का जम्मा गरिरहेको बताए । सिक्का जम्मा गर्दागर्दै लाख कटिसकेको आफूले थाहा नपाएको उनको भनाइ छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्