०६ असार २०८३, शनिबार

बैंककलाई डुब्नबाट बचाउनका लागि बनाइँदै विशाल पार्क

बैंककलाई डुब्नबाट बचाउनका लागि बनाइँदै विशाल पार्क

काठमाडौं — एक करोडभन्दा बढी जनसंख्या भएको बैंकक शहर हरेक वर्ष समुद्रमा दुई सेन्टीमिटर डुबिरहेको छ । 

वातावरणमा निगरानी राख्ने ग्रीनपीस संगठनका अनुसार, थाइल्यान्डको खाडीमा जलस्तर प्रत्येक वर्ष चार मिलिमिटरको दरले बढिरहेको छ । यो वैश्विक औसतभन्दा धेरै हो । 

सन् २०११ मा बाढी आउँदा बैंककमा धेरै क्षति भएको थियो । 

बाढीको खतरा र शहरलाई डुब्नबाट बचाउन बाढीनिरोधी पार्कहरू बनाइएको छ । भुइँमुनि ठूला कन्टेनर र तलाउ बनाइनेछन् जहाँ लाखौं ग्यालन पानी जम्मा गर्न सकिनेछ । 

थाइल्यान्डको राजधानी बैंकक समुद्री सतहभन्दा पाँच मिटर मात्र माथि छ । बाढी रोक्नका लागि शहरको बीचमा रहेको चुलालोङकोर्न विश्वविद्यालयमा ११ एकड क्षेत्रमा सेन्टेनरी पार्क बनाइँदैछ । त्यहाँ रुख र घाँसमुनि ठूलो तलाउ बनाएर पानी जम्मा गरिँदैछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्