०९ असार २०८३, मंगलबार

बसबाट खसेर सहचालकको मृत्यु

बसबाट खसेर सहचालकको मृत्यु

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भर्याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो ।

उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताउनुभयो । सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ । कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्