०९ असार २०८३, मंगलबार

पूर्वी चीनमा एक होटलमा आगलागी हुँदा दशजनाको मृत्यु

कात्तिक २०, २०७४
पूर्वी चीनमा एक होटलमा आगलागी हुँदा दशजनाको मृत्यु
नानचाङ (चीन), १४ फागुन - चीनको जियाङ्सी प्रान्तको राजधानी नानचाङमा एक होटलमा शनिबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको चिनियाँ अग्नि नियन्त्रण अधिकारीले जनाएका छन् ।Fire_Victims

स्थानीय समयअनुसार बिहान करिब ८ बजे ‘एचएनए प्लाटिनम मिक्स होटेल’मा भएको आगलागी करिब ९ः४५ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीका समयमा करिब १० जना निर्माण मजदुरले होटेलको दोस्रो तलामा काम गरिरहेका थिए ।

अग्नि नियन्त्रण अधिकारीले आगलागीपछि होटेलका भवनको भग्नावशेषबाट सातजनालाई मृत उद्धार गरेका जनाएका छन् ।

आगलागीबाट घाइते भई अस्पतालमा भर्ना भएका १६ जनामध्ये थप तीनजनाको पनि मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

चारतले होटल नजिकै रहेको २४ तलाको एक आवासीय भवनमा बसोबास गर्ने २६० जनालाई सुरक्षित स्थलमा सारिएको थियो ।

घटनामा जिम्मेवार भएको आरोपमा प्रहरीले सातजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्