०४ असार २०८३, बिहीबार

पाका कलाकार आलोक नाथमाथि लाग्यो यौन शोषणको आरोप

पाका कलाकार आलोक नाथमाथि लाग्यो यौन शोषणको आरोप

काठमाडौं — फिल्म र टीभी जगतमा संस्कारी बुवाको भूमिका निर्वाह गर्ने पाका कलाकार आलोक नाथमाथि यौन शोषणको आरोप लागेको छ । 

लेखिका तथा फिल्मकार विन्टा नन्दाले आलोक नाथमाथि बलात्कारको आरोप लगाएकी छन् । उनले फेसबूक पोस्ट गर्दै सन् १९९४ मा लोकप्रिय धारावाहिक ताराको शूटिङताका आलोक नाथले रेप गरेको बताइन् । 

नन्दाले लेखिन्, ‘उनकी पत्नी मेरी बेस्ट फ्रेन्ड थिइन् । हाम्रो घर एकअर्काको नजिकै थियो र केही साथीहरू त उही उही थिए । तीमध्ये धेरैजसो नाटकका कलाकार थिए । त्यतिखेर म टीभीको नम्बर वन शो तारा निर्माण गरिरहेकी थिएँ ।
उनी मेरो शोकी हिरोइनलाई जिस्काइरहन्थे तर हिरोइनले उनलाई मतलब गरिरहेकी थिइन् । उनी रक्स्याहा थिए, लाज पचाएका थिए र फोहरी पनि । तर उनी त्यतिखेरमा टप टीभी स्टार थिए । खराब आचरण देखाएपनि उनलाई माफ
गरिन्थ्यो र कैयौं मानिस त उनलाई अझै खराब काम गर्न उक्साइरहन्थे ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्