काठमाडौं। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ ।
मंगलबार बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडी रुख काट्ने क्रममा ढलेको विजुलीको पोलले लागेर उनि सख्त घाईते भएका थिए । घाईते उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्ताताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको छ । उनको पार्थीव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको कलाकार संघकी महासचिव सरिता लामीछानेले जानकारी दिईन् ।
केही चलचित्र समेत निर्माण गरेका ५८ वर्षीय बोगटी २ वर्ष अगाडी मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।