१० असार २०८३, बुधबार

गर्भवती महिलाको पेट सामान्यभन्दा निकै बढ्यो, जाँच्दा आयो छक्क पर्ने खबर

गर्भवती महिलाको पेट सामान्यभन्दा निकै बढ्यो, जाँच्दा आयो छक्क पर्ने खबर

काठमाडौं — वेल्समा बस्ने क्रिस्टी बटलर र उनका पार्टनर सेलर्न क्रिस्टी गर्भवती भएको खबर पाएपछि धेरै खुशी भए । बच्चा पाउन लागेकोमा उनीहरू उत्साहित थिए । 

क्रिस्टीको पेट चाँडै बढिरहेको थियो । तर चिकित्सकहरूले जाँच्दा पो आश्चर्यजनक तथ्य पत्ता लाग्यो । 

क्रिस्टीले पेट निकै बढेपछि आफू लामो समयदेखि गर्भवती छु कि भनी आशंका गरिन् । चिकित्सकले पनि पेट हेरेर उनलाई आठ महिनाकी गर्भवती घोषणा गरेका थिए । उनको पेट सामान्यभन्दा चारगुणा ठूलो थियो । 

बच्चाको विकास र हालत बुझ्नका लागि अल्ट्रासाउन्ड गर्दा अर्कै कुरा थाहा भयो । 

अल्ट्रासाउन्डपछि पो उनको गर्भ जम्मा ६ हप्ता भएको पत्ता लाग्यो । खासमा उनको पेटमा ३० सेन्टीमिटरको सिस्ट थियो जसले गर्भाशयलाई हानि पु–याइरहेको थियो । 

क्रिस्टीको जीवन सुरक्षित पार्नका लागि शल्यक्रिया गर्नुपर्ने भयो । 

चिकित्सकहरूले सर्जरी गरे र बच्चालाई सुरक्षित निकाल्नका लागि घन्टौं प्रयास गरे । तर अन्तिममा क्रिस्टीको मिसक्यारिज भयो र बच्चा तुहियो । तर जीवनमाथिको ठूलो खतरा टरेकोमा उनी सन्तुष्ट रहिन् । 

सिस्ट बढेको भए गर्भाशय नै फुट्थ्यो । शल्यक्रियापछि पनि क्रिस्टी आमा बन्न कुनै समस्या हुने छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्