२३ असार २०८३, मंगलबार

पोखरामा बर्ड फ्लु, संकटग्रस्त क्षेत्र घोषणा

कात्तिक २०, २०७४
पोखरामा बर्ड फ्लु, संकटग्रस्त क्षेत्र घोषणा


पोखरा, १४ फागुन - पोखराको खाल्टे मसिनामा एक कृषकले पालेका हाँसमा बर्ड फ्लु रोग देखा परेको छ ।chicken

सो ठाउँ वस्ने मिना परियारले पालेका हाँस विरामी परेपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक एवं सूचना अधिकारी डा ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज वसेको जिल्ला दैविक प्रकोप उद्धार प्राविधिक समितिको वैठकले खाल्टे मसिनाको पूर्वमा खहरे खोला, पश्चिममा भगवती मार्ग, उत्तरमा खाल्टेमसिना पीच रोड र दक्षिणमा त्यस ठाउँको भीर पहरोको ५०० मिटरसम्मको चार किल्ला क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

बर्ड फ्लु रोगलाई अन्यत्र नसरोस् भनेर त्यस चार किल्ला भित्र २४ घरपरिवारले पालेका २५६ कुखुरा, ४१ हाँस, ६७ किलो दाना र ४२ किलो पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरी खाल्टो खनेर व्यवस्थापन गरिएको डा अर्यालले बताए ।

समितिले सो क्षेत्रलाई ४२ दिनसम्म संकटग्रस्त क्षेत्र घोषणासंगै पक्षी तथा पक्षीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको र पोखरा नगर क्षेत्रमा रहेर व्यवसाय गरेका कृषकहरुले पनि पक्षीहरु पाल्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आपूmले पालेका पक्षीहरु विरामी परेर मरेमा तुरुन्त जिल्ला सेवा कार्यालयमा तुरुन्त खवर गर्न र पक्षी तथा पक्षीजन्य पदार्थ ओसार पसार गर्दा उच्च सतर्कता अपनाउन पनि समितिले सवैलाई सचेत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्