११ असार २०८३, बिहीबार

युक्रेनको हतियार भण्डारमा विस्फोट, १० हजार मानिस भागे (भिडियो)

युक्रेनको हतियार भण्डारमा विस्फोट, १० हजार मानिस भागे (भिडियो)

काठमाडौं — युक्रेनमा रहेको एक हतियार भण्डारमा विस्फोट र आगलागी भएको छ । यसले गर्दा हजारौं मानिसहरू उक्त क्षेत्रबाट पलायन हुन बाध्य भएका छन् । अधिकारीहरूले यो सार्वजनिक सम्पत्तिको विध्वंसको घटना भएको बताएका छन् । 

सामाजिक सञ्जालमा आएका भिडियो फूटेजमा चेर्निहिभ क्षेत्रको इच्न्यामा विस्फोट र आगोका दृश्य देखिएका छन् । 

हतियार भण्डार रहेको क्षेत्रबाट लगभग १० हजार मानिसलाई हटाइएको छ । उक्त क्षेत्र राजधानी कीएभबाट १७६ किलोमिटर पर उत्तरपूर्वतिर रहेको आपतकालीन सेवाहरूले जनाएका छन् ।  

घटनामा कोही पनि हताहती भएका छैनन् । 

जेनेरल स्टाफका डेपुटी कमान्डर रोड्योन टाइमोशेन्कोले एक पत्रकार सम्मेलन गरेर डिपोवरिपरि चारवटा विस्फोटबाट घटना शुरू भएको जानकारी दिए । 

‘विस्फोटको तीव्रताले यो ध्वंसात्मक काम भएको संकेत दिन्छ,’ उनले बताए । 

सुरक्षाकर्मीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।

बीबीसीबाट


 

salt training

कमेन्ट गर्नुहोस्