०४ असार २०८३, बिहीबार

ट्रम्पअघि कसको प्रेममा थिइन् मेलानिया

ट्रम्पअघि कसको प्रेममा थिइन् मेलानिया

काठमाडौं — अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले राष्ट्रपति डोनल्ड ट्रम्पसँग १३ वर्षअघि बिहे गरेकी थिइन् । 

बिहेअघि उनीहरूले लगभग सात वर्ष डेटिङ गरेका थिए । तर ट्रम्पसँग नजिकिनुअघि मेलानिया अर्कै व्यक्तिको प्रेममा परेकी थिइन् । ती व्यक्ति युरोपेली थिए । 

मेलानिया र डोनल्डको सम्बन्ध सन् १९९८ देखिको हो । मोडलिङमा करीयर बनाउन मेलानिया युरोपबाट अमेरिका पुगेकी थिइन् र त्यहाँ पुगेको दुई वर्षमै ट्रम्पसँग प्रेममा परिन् । त्यतिखेर उनी २८ वर्षकी थिइन् । 

अमेरिका जानुअघि उनी स्लोभेनियास्थित गृहनगर जुब्लजाना र पेरिस अनि मिलानमा पनि बसिन् । युरोपमा हुँदा उनले ज्यूर जोरिक नामक व्यक्तिसँग डेटिङ गरिन् । 

सन् २०१६ मा एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा जोरिकले सन् १९९१ मा मेलानियासँग धेरैचोटि डेटमा गएको बताए । आफूहरूबीचको भेट कुनै फिल्मको जस्तो रहेको उनको भनाइ छ । 

उनले भने, ‘एक दिन उनी सडकमा हिँडिरहेकी थिइन् । म बाइकमा थिएँ । उनलाई देख्नेबित्तिकै म फिदा भएँ । म उनको सुन्दरतामा लठ्ठिएको थिएँ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्