
काठमाडौं — शक्तिशाली आँधी माइकल बुधवार अबेर अमेरिकाको फ्लोरिडामा प्रवेश गर्ने अवस्थामा छ । यसले गर्दा यो दक्षिणी राज्यमा मानिसहरू ठूलो संख्यामा पलायन भएका छन् ।
यो क्याटेगोरी ३ मा पर्ने आँधी हो र यसले गर्दा २०१ किलोमिटर प्रतिघन्टाको दरले हावा चल्छ । मौसमविद्हरूले यो आँधी फ्लोरिडा प्यानह्यान्डल वा फ्लोरिडा बिग बेन्डमा ठोक्किएपछि झनै तीव्र हुने चेतावनी दिएका छन् ।
तीन लाख ७० हजारभन्दा बढी मानिसलाई फ्लोरिडा छोड्ने आदेश दिइएको छ ।
फ्लोरिडा, अलाबामा र जर्जियाले संकटकाल घोषणा गरेका छन् ।
कम्तीमा १३ जना आँधीका कारण मध्य अमेरिकामा मारिएको बताइएको छ ।
माइकल आँधी उत्तरतर्फ १२ माइल प्रतिघन्टाको दरले बढिरहेको छ ।
बीबीसीबाट