
काठमाडौं — हराएका साउदी पत्रकार जमाल खशोग्गीकी प्रेमिकाले उनलाई खोजिदिन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग सहयोग मागेकी छन् ।
आफ्ना सिद्धान्तहरूका लागि खशोग्गी लडिरहेको प्रेमिका ह्याटिस केंगिजको भनाइ छ ।
केंगिजले द वाशिङटन पोस्ट पत्रिकामा मंगलवार एक लेख लेखेर अपील गरे । खशोग्गी त्यही पत्रिकामा स्तम्भ लेख्ने गर्थे र रियादका केही नीतिहरूको कडा आलोचना गर्थे ।
खशोग्गी आठ दिनअघि बेपत्ता भएका थिए । टर्किश नागरिक केंगिजसँग बिहेका लागि कागज बनाउन इस्तानबुलस्थित साउदी अरब वाणिज्य दूतावासमा प्रवेश गरेका खशोग्गी गायब छन् । टर्कीको सरकारी सूत्रका अनुसार, ५९ वर्षीय पत्रकारलाई वाणिज्य दूतावासभित्र हत्या गरिएको थियो ।
रियादले चाहिँ यो झूटो दाबी भएको बताएको छ ।
केंगिजले लेखिन्, ‘यतिखेर म राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियासँग जमालको पत्ता लगाउनका लागि सहयोग गर्न आह्वान गर्छु । म साउदी अरब, विशेषगरी शाह सलमान र युवराज मोहम्मद बिन सलमानसँग पनि संवेदनशीलता
देखाउन र वाणिज्य दूतावासको सीसीटीभी फूटेज जारी गर्न आह्वान गर्छु ।’
ट्रम्पले सोमवार खशोग्गीको बेपत्ताका बारेमा चिन्ता जनाएका थिए र परराष्ट्रमन्त्री माइक मम्पिओले घटनाको पूर्ण जाँच हुनुपर्ने बताएका थिए ।
एजेन्सी