१० असार २०८३, बुधबार

अवैध आप्रवासी बोकेको डुंगा दुर्घटना : आठ जनाको मृत्यु, २५ बेपत्ता

अवैध आप्रवासी बोकेको डुंगा दुर्घटना : आठ जनाको मृत्यु, २५ बेपत्ता
सन्दर्भ तस्वीर

आङ्करा- अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । 

उद्धारकर्ताहरूले घटना लगत्तै खोजी गर्दा मृत्यु भएकाको शव भेट्टाएका थिए भने मृत्यु हुनेहरूको सङ्ख्या थप बढ्न सक्ने अनुमान पनि गरेका छन् । मृत्यु भएका र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । 

टर्कीमा बेलाबेलामा भइरहने यस्ता डुङ्गा दुर्घटनामा परी वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्