०५ असार २०८३, शुक्रबार

पौडेल—सिटौलाको चेतावनीले बैठक स्थगित

असोज २५, २०७५
पौडेल—सिटौलाको चेतावनीले बैठक स्थगित

काठमाडौं –नेपाल विद्यार्थी संघको विधानमा लगाइएको उमेर हद बन्देजको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र विवाद बढेको छ ।

संस्थापन पक्षले नेविसंघ विधान संशोधन गर्दै १२औं महाधिवेशनबाटै उम्मेदवार बन्न ३२ वर्षे उमेर हद लगाउने गरी बहुमतबाट निर्णय गरेपछि कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्केको हो ।
सो विषयमा विवाद बढेपछि बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक नै स्थगित गरिएको छ । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्