१० असार २०८३, बुधबार

आज प्रहरी दिवस, हेडक्वार्टरकाे कार्यक्रममा प्रधानमन्त्री सहभागी

आज प्रहरी दिवस, हेडक्वार्टरकाे कार्यक्रममा प्रधानमन्त्री सहभागी

काठमाडौं– नेपाल प्रहरीले बिहीबार ६३ औं प्रहरी दिवस मनाउँदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । 

दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएको छ । कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्