०१ असार २०८३, सोमबार

यी सात कुरासँग किन डराउँछ साउदी अरब ?

यी सात कुरासँग किन डराउँछ साउदी अरब ?

साउदी अरब विश्वकै धनी देशहरुको सूचीमा पर्छ । तर प्रश्न उठेको छ के आफ्नो सुरक्षा समेत आफै गर्न सक्षम छैन ? साउदीलाई चिन्तित बनाउने अरु डरहरु के के हुन् ?

१.साउदी अरबको शाही परिवार सत्तामा आफ्नो पकड बनाइराख्न सधैँ सतर्क रहेको छ । जानकारहरुका अनुसार वर्तमान समयमा साउदी राजपरिवार भित्रै पनि मतभेद रहेको छ । साउदीलाई इस्लामिक विश्वमा कतै इरान त हावी हुने होइन भन्ने डर छ ।

२.राजतन्त्रविरुद्ध कतै साउदी नागरिकहरुले विद्रोह नगरुन् । इतिहासमा टयूनिसिया र इजिप्टमा जसरी नागरिकहरुले विद्रोह गरेर आफ्नो सत्तालाई फ्याक्ने हो कि भन्ने निरन्तरको भय छ । 

३.सुन्नी चरमपन्थीको बृद्धिसँग पनि साउदीलाई डल लाग्छ । कतै त्यीनले आफूहरुलाई भ्रष्ट र गैर–इश्लामिक घोषित गर्लान् भन्ने उसमा डर छ । यही कारण अल–कायदा र इस्लामिक स्टेटको उदय पनि साउदी शाही परिवारको लागि डराउने कुरा हो । 

४. पूर्वी प्रान्तहरुमा शियाको उदय पनि साउदीको लागि चिन्ताजनक छ । साउदी अरबको पूर्वी प्रान्तहरुमा ठूलो तेल भण्डार रहेको छ र सोही क्षेत्रमा अल्पसंख्यकको बसोबास छ । 

५.सीमामा इरानको बढ्दो प्रभावले पनि साउदी अरबको शासकहरुलाई अत्याउँछ । खास गरि बहराइन र यमनको सीमा क्षेत्रमा इरानको बढ्दो प्रभावबाट साउदी चिन्तित छ ।

६.यदि अमेरिकाले साउदी राजपरिवारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएर, पक्षधरता बदल्दै इरानतर्फ गयो भने पुरै स्थिति बदलिनेछ । 

७.मुस्लिमहरुको पवित्र स्थललाई लिएर शाही परिवारबाट भरोसा उठ्ने डर ।
 

salt training

कमेन्ट गर्नुहोस्