काठमाडौं — यौन दुर्व्यवहारको आरोप लागेका पाका बलिउड अभिनेता आलोक नाथलाई एकपछि अर्की अभिनेत्रीले आरोप लगाएका छन् ।
लेखिका निर्माता विन्ता नन्दापछि अहिले हम साथ साथ हैं फिल्मकी एक क्रु सदस्य, अभिनेत्री सन्ध्या मृदुल र नवनीत निशानले आलोकमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।
अभिनेत्री दीपिका अमीनले पनि सामाजिक सञ्जालमा लेख्दै आलोकमाथि आरोप लगाएकी छन् ।
दीपिकाले लेखिन्, ‘इन्डस्ट्रीमा सबैलाई थाहा छ, आलोकनाथ रक्स्याहा मानिस हुन् र उनी महिलाहरूको शोषण गर्छन् । कैयौं वर्षअघि एक टेलिफिल्मको आउटडोर शूटका बेलामा उनले मेरो कोठामा जबर्जस्ती छिर्ने कोशिश गरेका थिए । महिलालाई देख्नेबित्तिकै उनी र्याल चुहाउन थाल्छन् । उनी रक्सी पिएर हल्लाखल्ला गर्छन् । मलाई सुरक्षित राख्नका लागि पूरै युनिटले मलाई घेरेर राख्थ्यो ।’
एजेन्सी